Pages

Thursday, October 14, 2010

योवन र तिमी



सहेलीको संगत हुँदाहुँदै

खै कसरी बिग्रीयौ तिमी,

मानसंगै सम्मान हुँदापनि

खै कसरी मात्तियौ तिमी।


जीवनसंगै सपना हुँदाहुँदै

बिनाअर्थ ओरालियौ तिमी,

सूर्यसंगै नव बिहानि हुँदापनि

अन्धकारको बाटो किन डोरियौ तिमी।

(Image via Google)


निराशासंगै आशा हुँदाहुँदै

भित्रै नपसि डराएर फर्कियौ तिमी,

प्रकृतिसंगै सुन्दरता हुँदा पनि

आँखै चिम्लि खनियौ तिमी।


योवनसंगै चन्चलता हुँदाहुँदै

अत्तालिएर आफ्नो उमेर सार्यौ तिमी,

दुनियाँको चाहना हुँदापनि

लत्याएर आफ्नो पाईला चाल्यौ तिमी।

>>read more...

LinkWithin

Related Posts Plugin for WordPress, Blogger...